हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब नमूना संकलन केन्द्रबाट बुधबार ४ जना महिलासहित ११ जनाको स्वाब संकलन भएको छ ।
उनीहरुको स्वाब नमूना संकलन गरेर हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालमा कोरोना परीक्षणको लागि पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य भोला चौलागाईले जानकारी दिनुभयो । पछिल्लो समय ऐन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा तुरुन्तै रिपोर्ट आउने हुँदा स्वाब संकलन गराउनेको संख्यामा कमी आउँदै गएको उहाँले बताउनुभयो ।