हेटौंडाः प्रदेश युवा परिषद् बामगती प्रदेशको आयोजनामा चितवनमा आजबाट २ दिने आत्मरक्षा तालिमको उद्घाटन भएको छ । चितवनको राप्ती नगरपालिकामा सञ्चालीत २ दिने महिला आत्मरक्षा तालिमको उद्घाटन बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले गर्नुभयो ।

उहाँले महिलाहरूलाई ट्रयाकसुट बितरण समेत गर्नुभएको छ । बागमती प्रदेशको पूर्व मुख्यमन्त्री पौडेलले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागू गर्न तयार हुनुपर्ने बताउनुभयो । उहाँले सबै सुरक्षित रहनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशको पूर्व मन्त्री दावा दोर्जे लामा, पूर्व राज्य मन्त्री जुनेली श्रेष्ठ, राप्ती नगर उप–प्रमुख ईमानसिं लामा र राप्ती नगर–५ का वडा अध्यक्ष मेनका पाठक लगायतको उपस्थिति रहेको थियो । यसअघि बागमती प्रदेश युवा परिषद् कार्यालयले हेटौंडामा युवालाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरेको थियो ।