हेटौंडाः मकवानपुरमा आज शुक्रबार नेपाली कांग्रेसको प्रदेश सभाको क्षेत्रीय निर्वाचन हुँदैछ । मकवानपुरको प्रदेश सभा क्षेत्र नम्बर १ क सभापतिमा शुसान्त श्रेष्ठ निर्विरोध हुनुभएको छ । यस्तै उपसभापतिमा कमला कुमारी वाइबा, गोपाल बहादुर न्यासुर, सचिवमा भूमिनन्दन गौतम, शंकर कुमार पराजुली, सहसचिवमा अमर सोराली मगर र महेश ढकाल सर्वसम्मत हुनुभएको छ ।
यस्तै प्रत्यक्ष तर्फ महिलामा गंगा पराजुली, छाँया अधिकारी, जानुका सिंह ठकुरी, खर्स आर्यतर्फ बालकुष्ण सापकोटा निर्विरोध, आदिबासी जनजाती महिला तर्फ प्रिती ग्यालन र भानु माया सोराली, आदीबासी जनजाती खुल्ला तर्फ दिपक सिंह घलान, भक्त बहादुर राई , शुक्रराज प्राखिन, दलितर्फ अनिल बिक निर्विरोध र मधेशी, अल्पसंख्याक, मुस्लिम लगायतबाट रामशरण माझि सर्वसम्मत भएका छन् ।
यस्तै प्रतिनिधि खुल्ला तर्फ भने सहमति हुन सकेको छैन । सहमति नभए केहीबेरमा प्रत्यक्ष खुल्लाको मात्र निर्वाचन हुने निर्वाचन अधिकृत गणेश हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक्ष खुल्लामा सहमति भए केहीबेरमा निर्वाचित कमिटी घोषणा हुनेछ ।