उज्ज्वल बराल ।

हेटौंडाः हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहेको चन्द्रोदय बाल साहित्यसञ्चार समितिको अध्यक्षमा उज्ज्वल बराल चयन हुनुभएको छ । बुधबार विद्यार्थीको भेलाले बरालको अध्यक्षतामा १७ सदस्यीय चन्द्रोदय बाल साहित्यसञ्चार समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा आर्सिया मगर, सचिवमा सविता दङ्गाल, सहसचिवमा समीक्षा थापा, कोषाध्यक्षमा आयुषा पोखरेल तथा सहकोषाध्यक्षमा विनिता परियार चयन भएका छन् । यसैगरी सदस्यहरूमा आकृति भण्डारी, अभिषेक जमरकट्टेल, सन्देश भट्टराई, सतीश पाण्डे, सामना थपलिया, प्रतिभा खतिवडा, गरिमा न्यौपाने, विजिता श्रेष्ठ, अनिशा अधिकारीका साथै कञ्चन भुजेल, अस्मि बिष्ट, रोमिसा थिङ, आरती पौडेल, सरस्वती कटुवाल, सलिना विष्ट, सलोनी पराजुली तथा सन्ध्या लम्साल रहेका छन् ।

चन्द्रोदय माविका नेपाली भाषाशिक्षक तथा साहित्यकार रमेशमोहन अधिकारीको उपस्थितिमा बाल साहित्यसञ्चार समिति पुनर्गठन कार्यक्रम भएको हो । विद्यार्थीलाई कविता, कथा, संस्मरण आदि विधामार्फत साहित्यमा अगाडि बढाउने उद्देश्यअनुरूप समिति गठन गरिएको र समितिलाई आवधिकरुपमा पुनर्गठन गरी नयाँ नेतृत्व चयन गरिने शिक्षक अधिकारीले जानकारी दिनुभयो । साहित्य रचना र त्यसको सञ्चारको अभ्यासले विद्यार्थीमा अध्ययन, बोध र अभिव्यक्ति सीप विकास भई प्रभावकारी अध्ययनको अभ्यास स्थापित हुने शिक्षक अधिकारीको भनाई छ ।