सामाजिक सुरक्षा कार्यक्रमकोे नीतिगत अवस्था र सरोकारवालको भूमिका विषयक अन्तरक्रियाका अतिथिहरु ।

हेटौैंडाः अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा सामाजिक सुरक्षा नागरिक नीतिगत अवस्था र सरोकारवालको भूमिका विषयक अन्तरक्रिया हेटौंडामा सम्पन्न भएको छ । सामाजिक सुरक्षा नागरिक समाज संजालको आयोजनामा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रमको नीतिगत अवस्था र सरोकारवालाको भुमिकाकोे बारेमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका पुुर्व महानिर्देशक बसन्तराज गौतमलले प्रस्तुतीकरण गर्नुभएको थियोे ।

सामाजिक सुरक्षा नागरिक समाज संजालका अध्यक्ष तिलोत्तम पौैडेलकोे सभाध्यक्षतामा भएको अन्तरक्रियामा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानकोे प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौैलागाई, बागमती प्रदेश सांसद जुनेली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका महिला शाखाका प्रमुख जगन्नाथ सापकोटा, महिला बालबालिका तथा जेष्ठ नागरिक प्रमुख एवम प्रहरी निरीक्षक चुडा कुमारी खड्का, नगरी किशोरी सञ्जालकी अध्यक्ष एलिसा खड्का लगायत विभिन्न संघ संस्थाको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।