हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ जोड्ने पक्की पुलको शिलान्यास भएको छ । आइतबार हेटौैैैंडा–१४ का वडाध्यक्ष दीपक खड्काले पुलको शिलान्यास गर्नुभएको हो ।
हेटौैंडा उपमहानगरपालिकाको करिब १३ लाख रुपैयाँ बजेट, वडा नम्बर १३ को ३ लाख रुपैयाँ गरी कुल १६ लाख ३ सय रुपैयाँ बराबरको बजेट लागतमा पुल निर्माण हुने हेटौंडा–१४ का वडाध्यक्ष दिपक खड्काले जानकारी दिनुभयोे । पुल ६ मिटर लम्बाई, ६ मिटर चौडाई निर्माण हुने छ । पुल निर्माणपछि करिब १ हजार घरधुरी लाभान्वित हुने वडाध्यक्ष खड्काले बताउनुभयो । पुल आगमी बैशाख मसान्तसम्म निर्माण हुनेगरी काम थाल्ने पनि उहाँले बताउनुभयो ।