हेटौंडाः मकवानपुरको हेटौंडा–११ नवलपुरस्थित यात्रुबाहक बस र ट्रक आपसमा ठोेकिँदा २ जनाको ज्यान गएको छ । मंगलबार राति १२ बजेर ३० मिनेटमा सयममा पुर्व–पश्चिम सडकखण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको खाली ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पहिचान नखुलेको बसमा सवार अन्दाजी ३० बर्षीय पुरुष र अन्दाजी ३५ बर्षीय पुरष रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उनी दुवै जनालाई हेटौंडा अस्पतालमा उपचारको क्रममा डाक्टर गए राति साँढे १ बजे मृत्यु घोषणा गरेको थियो । अहिले उनीहरुरको शब हेटौडा अस्पालमा राखिएको प्रहरीले जनाएकोे छ ।
घाइतेमध्ये १५ जनाको चुरेहिल अस्पताल र ३ जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालक बारा जिल्लाको निजगढ नगरपालिका–४ का ३३ बर्षीय टंक बहादुर बिक.सामान्य चोट लागेको र उनीलाई प्रहरीले नियन्त्रणमा उरहेको बताइएको छ । उनीहरुको स्वास्थ अवस्था केहीको मध्यम र केही सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।