बल हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः मदन भण्डारी स्पोर्टस एकेडेमी हेटौंडा–४ वडा कमिटीको आयोजनामा आइतबारबाट सुरु भएको वडाकप फुटसल प्रतियोगितामा एफसी कर्रा हुप्रा र एफसी हुप्रा फाइनलमा प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा आयोजकसहित हेटौंडा–४ का ११ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताअन्तर्गत आइतबार नै सेमिफाइनलसम्म गरी ९ खेल सम्पन्न भएको हो । पहिलो सेमिफाइनल खेलमा एफसी कर्रा हुप्राले श्रमिक पथलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनल खेलमा एफसी हुप्राले एफसी कमलडाँडालाई ३–० गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको फाइनल खेल सोमबार बिहान हेटौंडा–४ कमलडाँडा स्थित हेटौंडा फुटसलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँ पाउने जनाइएको छ ।