हेटौंडाः मकवानपुर प्रहरीले ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका ३ जना फरार प्रतिवादीहरुलाई आईतबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
जिल्ला अदालत मकवानपुरको २०७८ बैशाख १६ गतेको फैसलाले चोरीमुद्दामा २ महिना ६ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटौंडा–१५ का किरण बललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ बाट पक्राउ गरेको हो ।
यस्तै जिल्ला अदालत मकवानपुरको २०७८ बैशाख २६ गतेको फैसलाले चोरी मुद्दामा २ महिना ६ दिन कैद र ५ हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हेटौंडा–१५ का विज्ञान लामालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ बाट पक्राउ गरेको हो ।
यस्तै जिल्ला अदालत मकवानपुरको २०७३ जेठ ३० गतेको फैसलाले लागुऔषध मुद्दामा ११ दिन कैद भुक्तान गर्न बाँकी रहेका मकवानपुरगढी गाउँपालिकाका दुर्गाप्रसाद दुलाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ बाटै पक्राउ गरेको हो ।