उपासना कविताबारे बहस तथा विमर्श गर्नुहुँदै ।

हेटौंडाः कवि नेत्र एटमको उपासना कविता ‘प्रिय मौनता’को बारेमा विमर्श कार्यक्रम भएको छ । प्रगतिशील लेखक संघ(प्रलेस) मकवानपुरको आयोजना शनिबार विमर्श कार्यक्रम भएको हो ।

हेटौंडा–४ स्थित साहित्य संगमको सभाहलमा प्रलेस मकवानपुर अध्यक्ष शान्ति प्रियबन्दनाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । विमर्श कार्यक्रममा वरिष्ठ साहित्यकार कौशल पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

साहित्यकार सुवास खनालले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रिय मौनता कृतिका लेखक नेत्र एटम, घनश्याम घिमिरे र निरा शर्माले उपासना कविताबारे बहस तथा विमर्श गर्नुभएको थियो । साहित्यकार घिमिरेले उपासना कविता विद्रोहका चेतनालाई समवेदनात्मकरुपमा मौनताको विद्रोह गरिने कविता रहेको बताउनुभयो । प्रेम र श्रृंगारिक कवितामा आधारित रहेको बताउनुहुँदै घिमिरेले क्रान्तिकारी माक्र्सवादीविरुद्ध र समाजका जीवन्त समस्याका विद्रोह गम्भीर विषय भएको बताउनुभयो ।

यसैगरी शर्माले अचेतन मनभित्र रहेका भावलाई प्रकट गरिने उपासना कविता भएको बताउनुभयो । अहिलेको युग नारीवादी समाज भएकाले कवितामा नारीको कुरालाई उठान गर्दा ध्यान दिनुपर्ने बताउनुभयो ।

कृतिका लेखक कवि एटमले चाहना र अभिव्यक्तिहरु कलात्मकरुपमा प्रस्तुत गरेको ध्यानात्मक कविता भएको बताउनुभयो । कार्यक्रममा एटमलाई सम्मानपत्रसहित सम्मानित गरिएको थियोे ।

कार्यक्रममा साहित्य संगम मकवानपुरका सचिव डीबी बर्ताैलाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नवराज शर्मा, निमेष निखिल, दीपक गौतम, रमेशमोहन अधिकारी, अनिता न्यौपाने, मुक्तिगोविन्द वैद्य, राजकुमार लामिछाने, सानु खनाललगायतको उपस्थिति रहेको थियो ।