हेटौंडाः प्रेस सेन्टर मकवानपुरको शनिबार भएको भेलाले सर्वसम्मत रुपमा मकवानपुरगढी गाउँपालिका कमिटी गठन भएको छ । भेलाले निलम पाख्रिनको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रजनी घिमिरे, सचिवमा मुकेश चौंलागाई, कोषाध्यक्षमा अक्षय कुमार घलान, सहसचिवमा सुरेश पाख्रिन, सदस्यमा सरला रुम्बा र कविना बराइली रहेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य भिम पाख्रिनको प्रमुख आतिथ्य तथा मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’को विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टर मकवानपुरकी संयोजक अञ्जली थापा, माओवादी केन्द्रकी मकवानपुरगढी गाउँपालिका कमिटी ईन्चार्ज मानकुमारी नेपाली, वडा नम्बर ४ का अध्यक्ष हेमबहादुर योञ्जन, समाजसेवी रविन थिङ लगायतको आतिथ्य रहेको थियो । प्रेस सेन्टर मकवानपुरका सहसंयोजक एवम् प्रतिनीधिसभा निर्वाचन क्षेत्र १ ‘ख’ का संयोजक एमपी शर्माको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । मकवानपुरगढीसहित सेन्टरले मकवानपुरको बागमती, बकैया, मनहरी, राक्सिराङ र कैलाश गाँउपालिकागरी ६ वटा पालिकामा समिति गठन गरिसकेको छ भने बाँकी ४ पालिकामा पनि समिति गठनगरी जिल्ला सम्मेलन गर्ने बताईएको छ ।