सांकेतिक तस्वीर ।

हेटौंडाः जुवा खेल्ने ८ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा–४, पशुपती मन्दिररोडमा प्रकाश बिकको अटो ग्यारेजमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले हेटौंडा–१२ का ४३ बर्षीय कृष्ण ब्लोन, हेटौंडा–६ का ३१ बर्षीय अजय सापकोटा, ३९ बर्षीय पूर्ण बहादुर श्रेष्ठ, हेटौंडा–१, चाईनाक्वाटरका ३८ बर्षीय नवराज गिरी, हेटौंडा–३ का ३१ बर्षीय प्रकाश बिक, हेटौंडा–५ का ३४ बर्षीय पिताम्बर देवकोटा, हेटौंडा–१ चौकीटोलका ४२ बर्षीय बीरबहादुर लामा र मकवानपुरगढी गाउ“पालिका–६ का २७ बर्षीय राम कुमार लामालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले १ लाख ३४ हजार ५ सय ५० रुपैयाँसहित ५ बुक तास बरामद गरेको छ । पक्राउ परेका ८ जनालाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।