हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा–५, सानोपोखरामा ओम अटोमोबाएल बाइक सोरुमको उद्घाटन भएको छ । मोटरहेड कम्पनिको बाइकहरु बिक्री गर्ने सोरुमको हेटौंडा–५ का वडा अध्यक्ष राजेश बाँनियाले बिहीबार उद्घाटन गर्नुभएको हो ।

सोरुमको उद्घाटनसँगै राजेश्वर दाहालले ३ लाख ७५ हजार रुपैयाँ पर्ने २ सय सिसिको मोटरहेड कम्पनिको डट बाइक खरिद गर्नुभएको छ । ११ लिटर तेल ट्यांकी भएको मोटरहेडक कम्पनीको सो बाइकले प्रतिलिटर ४५ किलोमिटर माइलेज दिने कम्पनिले जनाएको बताइएको छ ।

अमेरिकी कम्पनि मोटरहेडले चीनमा निर्माण गरेका मोटरसाइकल हेटौंडासहित देशभर १७ स्थानमा विक्री सुरु गरिएको सोरुमका दिवस गोविन्द जोशीले जानकारी दिनुभएको छ ।

उद्घाटनसँगै सोरुमबाट दुई वटा मोटरसाइकल बिक्री भएको छ । युवाहरुलाई लक्षित गरी मोटरहेड कम्पनिको बाइक हेटौंडामा भिक्राएको जोशीले बताउनुभयो । उहाँले सोरुमसँगै वर्कशप पनि संचालनमा आउने बताउनुभयो । अहिले स्कुटर भने उपलब्ध छैन ।

सोरुमा सबैभन्दा न्यून १५० सीसीको मोटरहेड मोटरसाइकलको मुल्य ३ लाख ५ हजार रहेको छ । तीन देखि ५ लाखसम्म को मुल्यमा मोटरहेड कम्पनिको बाइकहरु उपलब्ध भएको जोशीको भनाई छ । सोरुम उद्घाटन कार्यक्रममा मकवापनुर सहकारी अस्पतालका प्रमुख विष्णुगोपाल महर्जन, होटल संघ मकवापनुरका अध्यक्ष शंकर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
