Home अर्थ/व्यापार सानोपोखराको ओम अटोमोबाएल सोरुमबाट मोटरहेड कम्पनिको बाइक बिक्री सुरु

सानोपोखराको ओम अटोमोबाएल सोरुमबाट मोटरहेड कम्पनिको बाइक बिक्री सुरु

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा–५, सानोपोखरामा ओम अटोमोबाएल बाइक सोरुमको उद्घाटन भएको छ । मोटरहेड कम्पनिको बाइकहरु बिक्री गर्ने सोरुमको हेटौंडा–५ का वडा अध्यक्ष राजेश बाँनियाले बिहीबार उद्घाटन गर्नुभएको हो ।

सोरुमको उद्घाटनसँगै राजेश्वर दाहालले ३ लाख ७५ हजार रुपैयाँ पर्ने २ सय सिसिको मोटरहेड कम्पनिको डट बाइक खरिद गर्नुभएको छ । ११ लिटर तेल ट्यांकी भएको मोटरहेडक कम्पनीको सो बाइकले प्रतिलिटर ४५ किलोमिटर माइलेज दिने कम्पनिले जनाएको बताइएको छ ।

अमेरिकी कम्पनि मोटरहेडले चीनमा निर्माण गरेका मोटरसाइकल हेटौंडासहित देशभर १७ स्थानमा विक्री सुरु गरिएको सोरुमका दिवस गोविन्द जोशीले जानकारी दिनुभएको छ ।


उद्घाटनसँगै सोरुमबाट दुई वटा मोटरसाइकल बिक्री भएको छ । युवाहरुलाई लक्षित गरी मोटरहेड कम्पनिको बाइक हेटौंडामा भिक्राएको जोशीले बताउनुभयो । उहाँले सोरुमसँगै वर्कशप पनि संचालनमा आउने बताउनुभयो । अहिले स्कुटर भने उपलब्ध छैन ।

सोरुमा सबैभन्दा न्यून १५० सीसीको मोटरहेड मोटरसाइकलको मुल्य ३ लाख ५ हजार रहेको छ । तीन देखि ५ लाखसम्म को मुल्यमा मोटरहेड कम्पनिको बाइकहरु उपलब्ध भएको जोशीको भनाई छ । सोरुम उद्घाटन कार्यक्रममा मकवापनुर सहकारी अस्पतालका प्रमुख विष्णुगोपाल महर्जन, होटल संघ मकवापनुरका अध्यक्ष शंकर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version