हेटौंडाः हेटौंडा–८ स्थित मनकामना चोकमा ट्याक्टरको ठक्करबाट घाइते भएका सोही स्थानका पदमबहादुर विकको मृत्यु भएको छ ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका ४५ बर्षीय विकको चुरे हिल अस्पतालमा उपचारको क्रममा मंगलबार राती पौने ९ बजे मृत्यु मृत्यु भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
मंगलबार साँझ ८ बजेर १५ मिनेटमा ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ५८६५ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार बिक गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा अटो चालक भने सकुसल रहेका छन् । अटो र ट्याक्टर दुबै सवारीलाई नियन्त्रणमा लिई थप अनुन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले बताउनुभयो ।