
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रमुख सचिव तथा सचिवहरुले कुनैपनि प्रकारको हिंसा हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै हस्ताक्षर गर्नुभएको छ । लैङ्गिक हिंसा म गर्दिन, म सहन्न र गरेको देखेमा सम्बन्धित ठाउँमा उजुरी गर्छु भनेर हस्ताक्षर गर्दै प्रतिवद्धता व्यक्त गर्नुभएको हो । त्यसैगरी कार्यस्थलमा हुने यौनजन्य हिंसाको अन्त्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का, सामाजिक विकास मन्त्री विजय सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेल, स्वास्थ्य मन्त्री प्रदिप कटुवाल क्षेत्री, आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजयक्रान्ति शाक्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री जीवन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटी, सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली र विभिन्न मन्त्रालयका सचिवहरुले हस्ताक्षर र प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको हो ।