हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको मतगणना सुरु भएको छ । बुधबार बिहान १० बजेर ४५ मिनेटमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत ईश्वर राज ढकालले जानकारी दिनुभएको छ ।
अध्यक्ष पदमा राजकुमार न्यौपाने र कृष्णकुमार गुप्ता अग्रवालबीच मतदान भएको हो । अध्यक्ष पदका लागि दुई हजार चार सय १३ जनाले मतदान गरेका छन् । संघको निर्वाचनमा अन्य पदको मतपरिणाम भने सार्वजनिक भइसकेको छ ।