अनिल अग्रवाल

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी हुनुभएको छ ।

बुधबार बिहान भएको मतगणनाअनुसार अनिल अग्रवालले ६७२ मत प्राप्त गर्नुभयो भने वाणिज्यतर्फका उपाध्यक्षका आकांक्षी रामप्रसाद न्यौपानेले ६१८ मत प्राप्त गर्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मंगलबार मतदान भएको थियो ।