हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । संघको एशोसिएट तर्फको उपाध्यक्षमा उज्वल चौलागाई, उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिंह रानाभाट र वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारीले १८ मत पाएर विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी काब्यमणि अधिकारीले ११ मत पाएका थिए । वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी भएका छन् ।

मत परिणाम अनुसार एशोसिएट तर्फ चौलागाईले ६३ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी विष्णु खनाल खनालले ५० मत पाएका थिए । उद्योग तर्फको सदस्यहरुमा नरेन्द्र भण्डारी, रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य विजयी भएका छन् ।