बैंकर्स संघ हेटौंडाका प्रमुख रमेशराज घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाउँदै

हेटौंडाः सचेत नागरिक युवा समूह हेटौंडाले बैंकर्स संघ हेटौंडाका प्रमुख रमेशराज घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाएको छ । हेटौंडाका विभिन्न बैंकहरुमा फोटोकपी गर्ने मेशिन नहुँदा सेवाग्राही बाहिर जानुपर्ने झन्झटलाई कम गर्न भन्दै ध्यानाकर्षणपत्र बुझाइएको हो ।

ध्यानाकर्षणपत्रमा कोभिड–१९ जोखिम कायम रहेको तर कतिपय बैंकहरुमा मास्क अनिवार्य नगरिएको तथा सेनिटाइजर नराखेकाले सेवाग्राही जोखिममा पर्ने बताइएको छ । शिक्षित र सक्षम मानिसहरुले मोबाइल बैंकिङबाट आफ्ना सम्पूर्ण काम गर्ने तर बैंकमा प्रायःजसो ज्येष्ठ नागरिक र गाउँघरका मानिसहरु बढी आउने भएकाले मास्क नलगाएका सेवाग्राहीलाई बैैंकमै निःशुल्क मास्क उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

आइतबार समूह अध्यक्ष शिवनारायण श्रेष्ठ, उपाध्यक्ष शर्मिला श्रेष्ठ र सदस्य प्रदिप कँडेलसहितको टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।