हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले राक्सिराङ गाउँपालिकामा संगठन विस्तारलाई तिब्रता दिएको छ । आइतबार राक्सिराङ गाउँपालिकाको २ वटा वडामा वडा कमिटी गठन गर्दै संगठन विस्तार गरेको हो ।
राक्सिराङ–८ मा २४ सदस्यीय र राक्सिराङ–९ मा १३ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादीका गाउँपालिका इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य कृष्णबहादुर चेपाङले जानकारी दिनुभयो । आइतबार छुट्टाछुट्टै भेलाको आयोजना गर्दै २ वडामा कमिटी गठन गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार राक्सिराङ–८ मा सरोज प्रजाको नेतृत्वमा २४ सदस्यीय कमिटी निर्माण गरिएको छ । कमिटीको उपाध्यक्षमा माया प्रजा, सचिवमा सन्त प्रजा र सहसचिवमा एनोश प्रजा चयन हुनुभएको छ । पार्टीको गाउँपालिका इन्चार्ज कृष्णबहादुर चेपाङ, जिल्ला सदस्य कृष्णलाल मोक्तान, ज्ञानेन्द्र तामाङ, मिलनकुमारी मोक्तान, सागर प्रजा, प्रवास कमिटीका किशोर ब्लोनलगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो ।
राक्सिराङ–९ मा दावा थिङको नेतृत्वमा वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बुद्धबहादुर मोक्तान र सचिवमा जनक स्याङ्तान चयन हुनुभएको छ । पार्टीको जिल्ला कमिटी सदस्य अमर बाल्पालगायत नेताहरुको उपस्थितिमा कमिटी गठन गरिएको हो । अब केहि दिनमै राक्सिराङका सम्पूर्ण वडाहरुमा संगठन विस्तार सकिने पार्टीको गाउँपालिका इन्चार्ज चेपाङले बताउनुभयो ।