Home मुख्य समाचार फोटोकपी सुविधा बैंकमै उपलब्ध गराउन ध्यानाकर्षण

फोटोकपी सुविधा बैंकमै उपलब्ध गराउन ध्यानाकर्षण

बैंकर्स संघ हेटौंडाका प्रमुख रमेशराज घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाउँदै

हेटौंडाः सचेत नागरिक युवा समूह हेटौंडाले बैंकर्स संघ हेटौंडाका प्रमुख रमेशराज घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाएको छ । हेटौंडाका विभिन्न बैंकहरुमा फोटोकपी गर्ने मेशिन नहुँदा सेवाग्राही बाहिर जानुपर्ने झन्झटलाई कम गर्न भन्दै ध्यानाकर्षणपत्र बुझाइएको हो ।

ध्यानाकर्षणपत्रमा कोभिड–१९ जोखिम कायम रहेको तर कतिपय बैंकहरुमा मास्क अनिवार्य नगरिएको तथा सेनिटाइजर नराखेकाले सेवाग्राही जोखिममा पर्ने बताइएको छ । शिक्षित र सक्षम मानिसहरुले मोबाइल बैंकिङबाट आफ्ना सम्पूर्ण काम गर्ने तर बैंकमा प्रायःजसो ज्येष्ठ नागरिक र गाउँघरका मानिसहरु बढी आउने भएकाले मास्क नलगाएका सेवाग्राहीलाई बैैंकमै निःशुल्क मास्क उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

आइतबार समूह अध्यक्ष शिवनारायण श्रेष्ठ, उपाध्यक्ष शर्मिला श्रेष्ठ र सदस्य प्रदिप कँडेलसहितको टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।

Exit mobile version