हेटौँडाः नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा राजेन्द्र बस्ताकोटी चयन भएका छन् ।
आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्दर्भमा हेटौँडा ४ मा भएको अधिवेशनले बस्ताकोटीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो ।
कमिटिको उपाध्यक्षमा नानिराम अर्याल, सचिवमा प्रकाश सुवेदी उपसचिवहरुमा विक्रम लामिछाने र गिता त्रिपाठी चयन भएका छन् । वडा अधिवेशन भएका मकवानपुरका सचिवालय सदस्य नविन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।