हेटौंडाः नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को अध्यक्षमा कुलप्रसाद त्रिपाठी चयन हुनुभएको छ । हेटौंडा ७ मा भएको अधिवेशनले त्रीपाठीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी निर्माण गरिएको हो । कमिटीको उपाध्यक्षमा उर्मिला लामा, सचीवमा सुशील सुबेदी, सहसचिवहरुमा किरण लामिछाने र रेखा मैनाली चयन हुनुभएको निर्वाचन समिति संयोजक तथा एमाले जिल्ला सचिवालय सदस्य ध्रुव प्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
वडा कमिटी अध्यक्ष सोम बहादुर तामाङको अध्यक्षतामा भएको अधिवेशनमा एमाले जिल्ला कमिटी अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीको बिधान बमोजिम विभिन्न कमिटीमा रहि लामो समय क्रियाशिल भइ उमेरले ७० बर्ष कटेका जेष्ठ सदस्य एवं ७ नम्बर वडा कमिटी अध्यक्ष सोम बहादुर तामाङ र वडाका नेता प्रेम प्रसाद गौतमलाई कदर पत्र सहित सम्मान गरिएको थियो । उनिहरुलाई एमाले जिल्ला कमिटी अध्यक्ष बद्री लम्साल, जिल्ला सचिवालय सदस्य राजन थापाले सम्मान गर्नुभयो ।