हेटौंडाः बागमती प्रदेश सभाको बैठक अहिले दिउँसो ३ बजे बस्ने भएको छ । बिहीबार दिउँसो १ बजे बोलाइएको बैठक दिउँसो ३ बजेको लागि सारिएको हो । आज बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तय भएको थियो ।
यसअघि असोज २४ गते बसेको प्रदेश सभाको बैठकमा अल्पमतमा पर्नुभएको बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबल गर्नुभएको थियो ।
प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मतको प्रक्रिया आज टुंगाउने तयारी गर्नुभएको छ । तर एमालेको दबाबले गर्दा आजै मत विभाजन नहुने स्रोतले बताएको छ ।