Home मुख्य समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडालाई भुटनदेवी अलमुनाईको स्वागत

स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडालाई भुटनदेवी अलमुनाईको स्वागत


हेटौंडाः भुटनदेवी माविमा अध्ययन गर्ने पूर्व विद्यार्थीहरुको संगठन अलमुनाई एशोसिएसनले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई बधाई एवं स्वागत गरेको छ ।

सोमबार हेटौंडामा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई पूर्व विद्यार्थीको हैसियतबाट कार्यबाहक अध्यक्ष विष्णु गोपाल महर्जन, पूर्व विद्यालय प्रअ देवप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष गणेक कुमार श्रेष्ठले लगायतले स्वागत गरेका हुन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य अरुण राज सुमार्गी, नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version