फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट सोमबार १२ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

६ जना महिला ६ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।