Home मुख्य समाचार आगलागी हुँदा १० लाख बराबरको क्षति

आगलागी हुँदा १० लाख बराबरको क्षति

तस्बिर गुगल

हेटौैंडाः हेटौंडा–८ स्थित एक किराना पसलमा आगलागी हुँदा १० लाख बराबरको सामग्री नष्ट भएको छ । सोमबार बिहान सवा ८ बजेको समयमा हेटौंडा–८ कमानेस्थितमा रामकृष्ण लामिछानेले सञ्चालन गर्नुभएको आरके किराना पसलमा आगलागी भएको हो ।

पसलमा पुजा गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयमा खबर प्राप्त हुनासाथ प्रहरी र बारुणयन्त्रको टोली खटिएको थियो । स्थानीयको समेत सहयोगमा ९ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको पनि उहाँले जानकारी दिनुभयो ।

Exit mobile version