Home मुख्य समाचार आज दशैंको तेस्रो दिनः देवी चन्द्रघण्टाको पूजा गरिँदै

आज दशैंको तेस्रो दिनः देवी चन्द्रघण्टाको पूजा गरिँदै

गुगल तस्बिर

हेटौंडाः नेपालीहरुको महान चाड बडादशैंको तेस्रो दिन आज शनिबार देवी चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । दशैंको नवरात्रभर नौ वटा देवीस्वरुपको पूजा आराधना गर्ने हिन्दू धर्मको परम्पराअनुसार तेस्रो दिन देवी चन्द्रघण्टाको पूजाअर्चना गरिन्छ ।

नवरात्रिको तेस्रो दिनको पूजा विधि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई बिहानै आत्मशुद्धिपश्चात् पवित्र जलले सिञ्चित गर्नुपर्छ । जमरा राखिएको स्थान नजिकैको कलशको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।

तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पञ्चोपचारले पूजाआजा गर्ने वैदिक परम्परा रहेको छ । नवरात्रको चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Exit mobile version