सांकेतिक तस्बिर ।

हेटौंडा : मकवानपुरमा शुक्रबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४१ जनामा गरिएको पिसीआर परिक्षणमा २ जना र २५ जनामा गरिएको एन्टिजेन परिक्षणमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना र थाहा नगरपालिकाका ४ जना रहेका छन् । हाल संस्थागत आइसोलेसनमा ९ जना र होम आइसोलेसनमा ७९ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।
यस्तै, शुक्रबार होम आइसोलेसनमा बस्दै आएका ९ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । हाल जिल्लाभरी ८८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।