हेटौंडाः शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा आधारभूत पाठ्यक्रमका बारेमा परामर्श कार्यक्रम गरिएको छ । आधारभूत तहको सामाजिक तथा जनसंख्या र विज्ञान तथा वातावरण विषयको प्रभावकारिताका साथै वैकल्पिक शिक्षण सिकाईको प्रभावकारिताबारे विजय नेपालले परमर्श गर्नुभएको हो ।
बौद्धिक अनुसन्धान परामर्श केन्द्रको अनुसन्धानले बागमती प्रदेशका काभ्रेपलाञ्चाक, काठमाडौं, नुवाकोट र मकवानपुर गरी ४ वटा आधारभूत तहका पाठ्यक्रम प्रभावकारिता र अध्ययनको प्रश्नावली सर्वेक्षणमा सहभागी भएको उहाँले बताउनुभये । सर्वेक्षणमा ३८ वटा विद्यालयका १ हजार ५ सय ५८ जना विद्यार्थीको सहभागी रहेको नेपालले बताउनुभयो ।
हाम्रा समाजमा सामाजिक तथा जनसंख्या विषय अति आवश्यक रहँदा पनि विज्ञान विषयको तुलनामा अति कमजोर भएको बताउनुभयो । वैकल्पिक शिक्षाका रुपमा २५ प्रतिशत उद्देश्यमूलक सिकाईका लागि, ५ प्रतिशत विविध विषयगत सिकाईमा, २० प्रतिशत सम्बन्ध कायम राख्न, २७.५ प्रतिशत समाचारका लागि र ३२.५ प्रतिशत मनोरञ्जनका लागि शिक्षकहरु जोडिएको पाइएको छ ।
१३ प्रतिशत ग्रामीणका क्षेत्रका विद्यार्थीहरु इन्टरनेटको पहुँचमा रहेका छन् । यसैगरी १८ प्रतिशत अर्धशहरी र ६६ प्रतिशत शहरी क्षेत्रका बालबालिका इन्टरनेटको पहुँचमा रहेको अध्ययनले पुष्टि गरेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले महिला र बालबालिकाको क्षेत्रमा शिक्षा अझ महत्त्व भएकाले यस नीति तथा कार्यक्रमको अध्ययन र अनुसन्धानमा जोडिन आवश्यक रहेको बताउनुभयो । १५ हजार विद्यार्थी इन्टरनेटको पहुँचमा हुँदा पनि विद्यार्थी अनलाइन कक्षा बाहिर भएको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो । शिक्षकले अनलाइन कक्षा लिएकै बेलामा सामाजिक सञ्जाल तथा गेममा बालबालिका व्यस्त भई पढाइ बाहिर भएको बताउनुहुँदै राज्यमन्त्री श्रेष्ठले वैकल्पिक शिक्षण सिकाईको रुपमा अनलाइन कक्षा कति प्रभावकारी छ भन्ने कुरा यकिन गर्नुपर्ने बताउनुभयो ।
सहभागीहरुले सुझावका रुपमा पाठ्यक्रम निर्माणमै त्रुटि रहेको र विकल्पका रुपमा अध्ययन जरुरी रहेको जनाएका थिए । वैकल्पिक शिक्षाको प्रभावकारिता र अनलाइन कक्षा कस्ता विद्यालयले कसरी सञ्चालन गरिरहेको छ भन्ने विषय यकिन गर्न आवश्यक भएको उहाँले बताउनुभयो । कोभिडका कारण स्थानीय सरकारका रुपमा वैकल्पिक शिक्षण सिकाईलाई प्राथमिकता दिएको अवस्थामा शिक्षा निर्देशनलय तथा प्रदेश सरकारले अनुगमन गर्न आवश्यक रहेको सहभागीहरुले सुझावका रुपमा पेश गरेका थिए ।