नष्ट गरेको गाँजा खेती

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ र कैलाशको विभिन्न स्थानमा लगाएको गाँजा खेती फडानी गरेर नष्ट गरेको छ ।

असोज १७ गते देखी १९ गते सम्मको लागी बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक देवेन्द्र दासको कमाण्डमा ६१ जनाको टोली गाँजा फडानी गर्न निस्किएको थियो ।

टोलीले जिल्लाको गाँजा खेती हुने राक्सिराङ गाउँपालिका र कैलाश गाउँपाकिलाको वडा नम्बर ३ र ४ को कालिकाटार कटुन्जे, अम्बाटार, कात्तिके देउराली ,चिसापानी, बेतेघारी, सलनी र टोकुवा क्षेत्रमा लगाएको गाँजा खेती २७ बिगाहा ८ कठ्ठा र गाँजाको ब्याड ४ कठ्ठाको नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।