तालिमको समापनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम सोमबार सकिएको छ । काभ्रेको धुलिखेलमा बिहीबारदेखि सुरु भएको आधारभूत पत्रकारिता तालिममा २१ जना पत्रकारको सहभागिता रहेको थियो ।

सिन्धुपाल्चोक, दोलखा, काभ्रे, काठमाडौं, धादिङ, नुवाकोट, रसुवा, चितवन, सिन्धुली जिल्लाका पत्रकार सहभागी तालिममा प्रशिक्षकका रुपमा कपिल काफ्लेले समाचारका बारेमा, विनोद ढुंगेलले पत्रकार आचारसंहिता, सञ्चार कानून र अन्तर्वार्ता, विकास कार्कीले फोटोग्राफी र भिडियोग्राफी, रविराज बरालले अनलाइन पत्रकारिता, गंगा बिसी र नेत्र पन्थीले समाचार कक्षमा हुने समाचार उत्पादन, सम्पादन र प्रकाशन तथा प्रसारण का बारेमा प्रशिक्षण दिनु भएको थियो ।

तालिमको उद्घाटन बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङले गर्नुभएको थियो । सञ्चार रजिष्ट्रारको कार्यालयले तालिममा सहभागी पत्रकारहरुले पत्रकारितालाई गुणस्तरीय बनाउन तालिम सहयोगी सिद्ध हुने अपेक्षा गरेको छ । सञ्चार रजिष्ट्रारको कार्यालयले आगामी दिनमा पनि पत्रकारहरुको क्षमताबृद्धिका लागि रचनात्मक कार्यक्रम सञ्चालन गरिरहने रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिनुभएको छ ।