हेटौंडाः दसैँपछि हेटौडाको सबै सामुदायिक विद्यालयहरु खुल्ने भएको छ । हेटौंडामा रहेको ७७ वटा सामुदायिक विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन हुने भएको हो । सोमबार हेटौंडामा बसेको सामुदायिक विद्यालयको प्रअ बैठकले दसैँपछि स्वास्थ्य सावधानी अपनाएर सबै सामुदायिक विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्ने निर्णय गरेको हो ।
बैठकमा हेटौंडा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल लगायत सामुदायिक विद्यालयको प्रअहरुको उपस्थिति रहेको थियो ।