सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा आइतबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९ जनामा गरिएको पीसीआर परिक्षणमा ५ जनामा संक्रमण पुष्टि हो ।

एन्टिजेन विधिबाट १९ जनामा परीक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कारोना संक्रमण पुष्टि हुनेमा सबै जना हेटौंडा उपमहानगरपालिकाका ५ जना रहेका छन् । यो सँगै जिल्ला हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १५ हजार २ सय ५६ जना पुगेको छ । जिल्लामा यहि अवधिमा १० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा हेटौंडा उपमहानगरपालिका ९ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १४ हजार ९ सय ६ जना रहेका छन् ।

जिल्लामा हाल १ सय ३६ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये १ सय २७ जना होम आइसोलेसन र ९ जना संस्थागत आइसोलेसनमा उपचारत छन् । यो अवधिमा जिल्ला कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैैन । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १ सय ६४ जनाले ज्यान गुमाइसकेका छन् ।

जिल्लामा हालसम्म कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप १ लाख ६६ हजार ४ सय ६० जनाले र कोभिड–१९ विरुद्धको पुर्ण मात्रा खोप १ लाख ३१ हजार १ सय जनाले लगाएका छन् ।