हेटौंडाः हेटौंडामा चालक सह–चालकको आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान, हेटौंडा सामुदायिक आँखा अस्पताल र ट्राफिक प्रहरी कार्यालय मकवापनुरको संयुक्त आयोजनामा आँखा जाँच शिविर भएको थियो ।

शुक्रबार हेटौंडा–१० स्थित जिल्ला ट्राफिक कार्यालयको भवनमा भएको शिविरमा १ सय १४ जना चालक तथा सहचालकले आफ्नो आँखा जाँच गराएका थिए ।

चालक सह–चालकहरुको आखाँमा समस्या हुँदा गाडि दुर्घटना हुने सम्भावना बढी हुने भएकोले शिविर संचालन गरि परिक्षण गराइएको जिल्ला ट्राफिक प्रहरी सहायक निरीक्षक क्रसनी दयाराम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चालक सह–चालकहरुलाई आँखाको दुरदुष्टि–अदुरदुष्टि, रातो, हरियो र पँहेलो रङ छुट्याउन लगाइएको थियो । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत हेटौंडा सामुदायिक आँखा अस्पतालको ४ जना आँखा रोग सम्बन्धी चिकित्सकहरुले सेवा दिएका थिए । आँखामा केहि समस्याहरु देखिएकालाई औषधीहरु निशुल्क वितरण गरिएको छ ।