हेटौंडाः भू–तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटको आज उद्घाटन भएकोे छ । बागमती प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री शान्ती प्रसाद पौडेलले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

वन निर्देशनालय अन्तर्गत नुवाकोटको विदुरमा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रममा मन्त्रालयको राज्यमन्त्री सरस्वती बाटी, मन्त्रालयका सचिव सिंधु प्रसाद ढुंगाना लगायतको उपस्थिति रहेको थियो । यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय हेटौंडामा पनि भू–तथा जलाधार व्यस्थापन कार्यालयको उद्घाटन गरिएको थियो ।