Home समाज तालिमले ग्रामिण भेगको नागरिकको नेतृत्व र व्यक्तित्व विकास

तालिमले ग्रामिण भेगको नागरिकको नेतृत्व र व्यक्तित्व विकास

कार्यक्रममा सहभागिहरु ।

हेटौंडाः नारी सीप सिर्जना केन्द्र नेपालले मकवापनुरको दुई गाउँपालिकामा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजना संचालन गरेको छ । २०२० देखि मकवानपुरको राक्सिराङ गाउँपालिकाको ५ वटा वडा र बागमती गाउँपालिकाको ५ वटा वडामा परियोजना संचालन गर्दै आएको छ ।

एडब्लूओ अन्र्तराष्ट्रिय संस्थाको सहयोगमा वार्षिक ९२ लाखको परियोजना २ गाउँपालिकामा संचालन भइरहेको नारी सीप सिर्जना केन्द्र नेपालकी अध्यक्ष सरस्वती बर्तौलाले जानकारी दिनुभयो । उहाँले मानवबेचबिखन हुन नदिन महिलाहरुलाई सीपमूलक तालिम दिएर स्वरोजगार बन्न प्रेरित गरेको बताउनुभयो ।

नारी सीप सृजना केन्द्र मकवानपुरले बागमती र राक्सिराङ गाउँपालिकामा संचालित परियोजनामा त्यहाँका महिला र समूहमा आवद्ध सबैको नेतृत्व र व्यक्तित्व विकास भएको जनाएको छ । आफ्नो परियोजनाको बारेमा संस्थाले मकवापनुरको २ पत्रकारलाई राक्सिराङ र बागमतीमा अनुगमन गर्न खटाएको थियो । उनीहरुले स्थलगत अनुमगन गरेर आउँदा यस्तो पाइएको बुधबार सार्वजनिक गरेका हुन् ।

वैदेशिक रोजगारको नाममा बेचिनु भन्दा स्वदेशमै स्वरोजगारको सम्भावना रहेकाले स्थानीय तहमा नै समूह निर्माण गरी महिलाहरुलाई विभिन्न कृषि तथा पशुपालनका तालिम, उद्यमशिलता लगायतको तालिम दिएको नारी सीप सृजना केन्द्रको कार्यकारी निर्देशक चिरन्जीवी पौडेलले जानकारी दिनुभयो ।

Exit mobile version