सहयोगपछि सामुहिक तस्बिर ।

हेटौंडाः मकवानपुरका विभिन्न गाउँपालिकाका ८ विद्यालयलाई प्रोजेक्टर र ल्यापटप प्रदान गरिएको छ । संघीय संसदबाट आएको अनुदानले स्वास्थ्य कार्यालय मकवानपुरले विद्यालयमा प्रोजेक्टर र ल्यापटप प्रदान गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकामा रहेका किशोरकिशारीलाई शिक्षा हासिल गर्न सहज होस् भन्ने उद्देश्यले ल्यापटप तथा प्रोजेक्टर प्रदान गरिएको उहाँले बताउनुभयो ।

जिल्लाको बकैया गाउँपालिकाको जनक माध्यमिक विद्यालय, बागमती गाउँपालिकाको सूर्य माध्यमिक विद्यालय, कैलाश गाउँपालिकाको व्यास माध्यमिक विद्यालय, राक्सिराङ गाउँपालिकाको राक्सि माध्यमिक विद्यालय, भीमफेदी गाउँपालिकाको पञ्चकन्या माध्यमिक विद्यालय, मकवानपुरगढी गाउँपालिकाको जनक माध्यमिक विद्यालय, मनहरी गाउँपालिकाको भोजसिद्ध माध्यमिक विद्यालय र ईन्द्रसरोबर गाउँपालिकाको सरस्वाती बालबोधनी माध्यमिक विद्यालयमा प्रोजेक्टर र ल्यापटप प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । ४६ हजारको प्रोजेक्टर र ७४ हजार एक सय ५० रुपैयाँ बराबरको सामग्री प्रत्येक विद्यालयमा प्रदान गरिएको घिमिरेले जानकारी दिनुभयो ।