Home मुख्य समाचार घर तथा घरपरिवार सुचिकरण गर्न १४१ सुपरीवेक्षक खटाइयो

घर तथा घरपरिवार सुचिकरण गर्न १४१ सुपरीवेक्षक खटाइयो

हेटौंडाः मकवानपुरमा राष्ट्रिय जनगणना अन्तर्गत भाद्र ३० गते असोज १८ गतेसम्म घर तथा घरपरिवार सुचिकरण गर्न १४१ जना सुपरिवेक्षक खटाइएको छ । मेरा गणना मेरो सहभागिता भन्ने नाराका साथ राष्ट्रिय जनगणनामा सबैको सहभागिता हुनुपर्ने प्रदेश जनगणना कार्यालय हेटौंडाका प्रमुख राजेश दासले बताउनुभयो ।

जिल्लामा असोज १८ गतेसम्म घरपरिवार सुचिकरण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । घर तथा घरपरिवार सुचिकरण गर्न सुपरिवेक्षकले २० वटा प्रश्नहरु सोध्ने गरेका छन् । सुपरिवेक्षकले जनगणनाको लागि कृषि तथा बैक खाता, ऋण लगायतको बारेमा पनि सोध्नेछन् । मकवानपुरको जनगणना गर्न ५ सय ३७ जना गणकहरु खटाउने तयारी भएको छ ।

Exit mobile version