फाइल तस्बिर ।

हेटौंडा : मकवानपुरमा मंगलबार १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

४९ जनामा गरिएको पिसीआर परिक्षणमा १९ जनामा संक्रमण देखिएको र ७ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका १८ जना र बकैँया गाउँपालिकाका १ जना रहेका छन् ।

हाल संस्थागत आइसोलेसनमा ७ जना र होम आइसोलेसनमा १९४ जना कोरोना संक्रमित रहेका छन् । मंगलबार होम आइसोलेसनमा बसेका ८ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । हाल जिल्लामा २०१ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।