Home मुख्य समाचार बागमती प्रदेश साक्षर प्रदेश घोषणा

बागमती प्रदेश साक्षर प्रदेश घोषणा

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेको प्रमाणपत्र समाजिक विकास मन्त्री विजय सुवेदीलाई प्रदान गर्दै


हेटौंडाः देशकै पहिलो साक्षर प्रदेशको रुपमा बागमती प्रदेशलाई घोषणा गरिएको छ । ९५ प्रतिशतभन्दा बढी १५–६० वर्ष उमेरसमूहका नागरिक बागमती प्रदेशमा साक्षर भएको बताउँदै बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।

२०७१ सालमा बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा भएसँगै प्रदेशको १३ जिल्ला घोषणा भइसकेको छ । बागमती प्रदेशमा १५–६० वर्ष उमेर समूहका ४५ हजार ३ सय ४५ जना अझै निरक्षर रहेको शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको निर्देशक चन्द्रप्रसाद लुइटेलले जानकारी दिनुभयो ।

Exit mobile version