हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार राक्सिराङ–३ स्थित सूर्योदय मावि परिसरमा शिविर भएको थियोे ।
शिविरमा ३ सय २१ जनाले सेवा लिएका छन् । शिविरमा महिला तथा प्रसुती स्वास्थ्य, बालस्वास्थ्य तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा विशेषगरी महिलामा देखा पर्ने पाठेघर सम्बन्धी समस्या, बालबालिकामा हुने कुपोषणको परीक्षण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गराएका केही ज्येष्ठ नागरिक र बालबालिकामा कुपोषण देखा परेकोे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमर अधिकारीले जानकारी दिनुभयो ।
शिविरमा हेटौंडा अस्पतालबाट ७ जना चिकित्सक खटिएका थिए । शिविरमा फिजिसियन डा. मिथिलेश ठाकुर, डा. रोज लामिछाने, डा. सुजता पन्त लगायतको स्वास्थ्यकर्मीको समूहले स्वास्थ्य परीक्षण गरेका थिए । राक्सिराङ गाउँपालिकाको आयोजना, विटविन एण्ड वेल्सन प्रोजेक्ट नेपाल र लाइभ्स इन नेपालको समन्वय तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो ।