हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेक राहदानी नबनाउन जिल्लावासीलाई सूचित गरेको छ । राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्न लागेको जानकारी गराउँदै अहिलेलाई राहदानी नबनाउन सूचित गरेको हो ।
बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय राहदानी जारी गर्न सुरु गरिएपछि विद्युतीय चिप्ससहितको राहदानी अहिलेको भन्दा गुणस्तरीय हुनुका साथै आवेदन दिएको एक सातामै राहदानी प्राप्त हुने जनाएको छ ।