सांकेतिक तस्बिर ।

हेटौंडा : मकवानपुरमा मंगलबार १८ जनामा कोरोना संक्रमण देखिएको छ । ८९ जनामा गरिएको पिसीआर परिक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

१८ जनामा एन्टिजेन परिक्षण गर्दा संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १६ जना रहेका छन् । यस्तै, मकवानपुगढी गाउँपालिकाका १ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् । हाल संस्थागत आइसोलेसनमा १२ जना र होम आइसोलेसनमा १६५ जना कोरोना संक्रमित रहेका छन् । मंगलबार होम आइसोलेसनमा बस्ने ६ जनाले कोरोनालाई जितेका छन् । हाल जिल्लामा १७७ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।