हेटौंडाः नेकपा माओवादी केन्द्र मकवानपुरबाट निर्वाचित भएका संविधान सभा सदस्य दिल बहादुर घिसिङ (फुर्वा) एमाले प्रवेश गरेका छन् । मंगलबार एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि ओलीले माओवादी नेता फुर्वासहित महिला नेतृ वरिना बल तामाङलाई एमालेमा प्रवेश गराउनुभएको हो ।

स्थानीय चुनाव नजिक आएसँगै नेताहरुलाई क्षमताअनुसारको पद नदिँदा पार्टी छोड्ने र अन्य दलको पार्टी प्रवेश गर्ने लहर चलिरहेको छ । एमाले नेता एवं संविधान सभा सदस्य प्रल्हाद लामिछानेले पनि एमालेमा आफ्नो क्षमता अनुसारको जिम्मेवारी नदिएको भन्दै माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नुभएको छ । उहाँले एमालेको बामगती प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएको सार्वजनिक गर्नुभएको थियो ।