Home मुख्य समाचार माओवादी नेता दिल बहादुर घिसिङ (फुर्वा) एमाले प्रवेश

माओवादी नेता दिल बहादुर घिसिङ (फुर्वा) एमाले प्रवेश

हेटौंडाः नेकपा माओवादी केन्द्र मकवानपुरबाट निर्वाचित भएका संविधान सभा सदस्य दिल बहादुर घिसिङ (फुर्वा) एमाले प्रवेश गरेका छन् । मंगलबार एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि ओलीले माओवादी नेता फुर्वासहित महिला नेतृ वरिना बल तामाङलाई एमालेमा प्रवेश गराउनुभएको हो ।

स्थानीय चुनाव नजिक आएसँगै नेताहरुलाई क्षमताअनुसारको पद नदिँदा पार्टी छोड्ने र अन्य दलको पार्टी प्रवेश गर्ने लहर चलिरहेको छ । एमाले नेता एवं संविधान सभा सदस्य प्रल्हाद लामिछानेले पनि एमालेमा आफ्नो क्षमता अनुसारको जिम्मेवारी नदिएको भन्दै माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नुभएको छ । उहाँले एमालेको बामगती प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएको सार्वजनिक गर्नुभएको थियो ।

Exit mobile version