हेटौंडाः नेकपा माओवादी केन्द्रसम्बद्ध अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेला नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको हो ।
भेलालाई सम्बोधन गर्दै पुलामीले पार्टी निर्माण अभियानमा जनस्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पार्टी निर्माण अभियानअन्तर्गत् नै जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलन भएको उहाजनस्वास्थ्यकर्मी महासंघ अध्यक्षमा रायमाझीको भनाई छ । पार्टीलाई सहयोग पुग्नेगरी अभियान सञ्चालन गर्न पुलामीले संगठनलाई निर्देशन दिनुभएको छ ।
भेलाले जयराम रायमाझीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा श्यामसुन्दर महतो, बालकुमारी ढकाल, सरस्वती लामा (घलान), सचिव अशोक रखाल, कोषाध्यक्ष बिन्दा तितुङ र सह–सचिवमा लव थापा चयन भएका छन् । भेलामा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपमहासचिव सूर्य तिवारी, बागमती प्रदेश अध्यक्ष कानुनलाल चौधरी, सचिव अमर लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।