हेटौंडाः नेवारी समुदायले मनाउने पर्व समयबजी पर्व सोमबार हेटौंडामा मनाइएको छ । नेवा सांस्कृतिक पुचःको आयोजनामा हेटौंडा–१० स्थित भिमसेन मन्दिर परिसरमा समयबजी पर्व मनाइएको हो । बागमती प्रदेश सरकारको सामाजिक विकास राज्य मन्त्रीको उपस्थितिमा नेवा सांस्कृतिक पुचःले नेवारी समुदायको मौलिक पर्व समयबजी मनाउ“दै समयबजी वितरण समेत गरेको छ ।
ईन्द्रजात्राको भोलिपल्ट समयबजी मागी खाने चलन रहेको छ । त्यसै अनुरूप उपत्यका बाहिरका नेवार समुदायले आफ्नो रीति, संस्कृति जोगाई राख्न हेटौंडामा पनि समयबजी पर्व मनाउने गरेको नेवा सांस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ । ‘ला छकु वयक समय बजी वल वल पुलुकिसी’ भन्दै अर्थात ‘मासु एक टुक्रा आउने गरी च्युरा दिनुस्’ भनी मागी खाने पर्वलाई समयबजी पर्व भनिन्छ ।
मौलिक धिमे बाजासहित नेवारी समुदायका व्यक्तिहरु मौलिक पोशाकमा नै उपस्थित भएका थिए । सामाजिक विकास राज्यमन्त्रि श्रेष्ठले नेवारहरूको रीति, संस्कृति बचाई राख्न नेवाःसांस्कृतिक पुचःले खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै बजारका मात्र नभई गाउँ गाउँमा छरिएर रहेका नेवारहरूलाई पनि समेटेर लैजानु पर्नेमा जोड दिनुभयो ।