हेटौंडा : मकवानपुरमा सोमबार २ जनामा कोरोना संक्रमण देखिएको छ । ९ जनामा गरिएको पिसीआर परिक्षणमा १ जना र ३० जनामा गरिएको एन्टिजेन परिक्षणमा १ गरी २ जनामा मात्र संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण हुनेमा थाहानगरपालिकाका १ जना र कैलाश गाउँपालिकाका १ जना रहेका छन् । हाल संस्थागत आइसोलेसनमा ३ जना र संस्थागत आइसोलेसनमा १६२ जना कारोना संक्रमित रहेका छन् । जिल्लामा १६२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । यस्तै, सोमबार होम आइसोलेसनमा बस्ने २२ जना र संस्थागत आइसोलेसनमा उपचाररत रहेका ७ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । जिल्ला भरी हालसम्म १४ हजार ७ सय ४३ जनाले कोरोनालाई जितेका छन् ।